site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘आन्तरिक चुनावले राष्ट्रिय चुनावलाई असर गर्दैन, महाधिवेशन समयमै हुनुपर्छ’
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास गर्दा राष्ट्रिय चुनावलाई कुनै असर नगर्ने बताएका छन् । 

मोरङ–काठमाडौं सम्पर्क समितिले शुक्रबार गरेको कार्यक्रममा नेता साउदले पार्टीको आन्तरिक प्रतिस्पर्धाले राष्ट्रिय चुनावमा असर गर्छ भन्ने तर्क जायज नभएको बताए । 

Argakhachi Cement Island Ad

“रामबहादुरले जित्छ कि श्यामबहादुरले मतलव छैन । पार्टीभित्रको लोकतन्त्र महत्वपूर्ण छ,” साउदले भने, “सदस्यता वितरण भयो,  अधिवेशन भयो, यी पार्टीको आन्तरिक लोकतन्त्रसँग सम्बन्धित छन्,“ साउदले भने, “यसले राष्ट्रिय चुनावलाई कुनै असर गर्दैन ।” 

उनले आन्तरिक लोकतन्त्रले पार्टीलाई घाटा हुन्छ भने किन अभ्यास गर्ने भन्दै प्रश्न गरे ।

“यदि, आन्तरिक चुनावले राष्ट्रिय निर्वाचनलाई असर गर्छ भने किन गर्ने आन्तरिक लोकतन्त्र र चुनावी अभ्यास गर्ने ?,” साउदको प्रश्न छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्