site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोर्चुगलविरुद्ध डेनमार्क हाबी, रोनाल्डोकै अघि ‘स्यु’ सेलिब्रेसन

काठमाडौं । यूईएफए नेसन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले डेनमार्कसँग १–० को हार व्यहोरेको छ ।

बिहीबार राति घरेलु मैदानमा डेनमार्कलाई जित दिलाउन रास्मस होल्यान्डले गरेको गोल निर्णायक बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पार्केन रंगशालामा उनले ७८औँ मिनेटमा गोल गरे ।

निर्णायक गोल गरेपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोअघि नै होल्यान्डले उनको चर्चित ‘स्यु’ सेलिब्रेसन गरेका थिए । “यो असाधारण अनुभव थियो । मैले मेरो आइडल (रोनाल्डो)विरुद्ध खेलेँ र निर्णायक गोल गरेँ,” खेलपछि होल्यान्डले भने । 

डेनमार्कले अब मार्च २४ मा पोर्चुगलविरुद्ध दोस्रो लेगमा प्रतिस्पर्धा गर्नेछ । यो क्वार्टरफाइनल खेलको विजेताले सेमिफाइनलमा जर्मनी वा इटालीबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro