काठमाडौं । जापान फिफा विश्वकप २०२६ मा छनोट हुने पहिलो टिम बनेको छ ।
विश्वकप छनोटअन्तर्गत बुधबार भएको एसिया क्वालिफायरमा बहराइनविरुद्ध २–० को जित निकालेसँगै जापान सन् २०२६ मा हुने विश्वकप छनोट हुने पहिलो टोली बनेको हो ।
घरेलु मैदानमा भएको खेलमा जापानलाई जित दिलाउन दाइची कामाडा र ताके फुसा कुबोले गोल गरे । जापानले दुवै गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ६६ औँ मिनेटमा कामाडाले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा को कुबोले अग्रता दोब्बर बनाए । यसपछि थप गोल नहुँदा जापानले जितसँगै विश्वकपमा स्थान सुनिश्चित गरेको हो ।
एसियन क्वालिफायरको समूह 'सी' मा रहेको जापानले सात खेलबाट १९ अंक जोडेको छ । सातखेलबाट ६ अंक जोडेको बहराइन भने तालिकाको पाँचौँ स्थानमा छ ।