site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर कारोबारको चलखेल रोक्न नयाँ व्यवस्था

काठमाडौं । धितोपत्र दोस्रो बजारमा नयाँ व्यवस्था लागु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) गरेसँगै (भोलि) बिहीबारदेखि नयाँ व्यवस्था लागु हुने भएको छ ।

बुधबार कुनै कम्पनीको सेयर कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य तोकिने भएको छ ।

हालसम्म अन्तिममा भएको कारोबारलाई नै अन्तिम मूल्य कायम गर्ने व्यवस्था थियो । जसले गर्दा सेयर कारोबारीहरूले आफ्नो सेयरको मूल्य बढाउन १० कित्ता सेयरले मूल्य प्रभावित पार्दै आएका थिए ।

अब भने २ः४५ देखि ३ बजेसम्म हुने कारोबार अवधिको औसत मूल्यलाई आधार मानिने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीका अनुसार २ः४५ देखि ३ बजेको बीचमा भएको कारोबार कित्ता र सेयर मूल्यको औसत निकालेर अन्तिम मूल्य निर्धारण गरिनेछ । “आजको दिनसम्म अन्तिम कारोबार जुन भयो त्यसैलाई अन्तिम मूल्य मानिन्थ्यो,” पराजुलीले बाह्रखरीसित भने, “भोलिदेखि पौने ३ देखि ३ बजेसम्म जति पनि कारोबार हुन्छ, त्यो कारोबार भएको मूल्य र कित्ता कति कित्ता कारोबार भयो, त्यसको औसत निकालेर अन्तिम मूल्य मानिन्छ ।”

यसले अन्तिममा मूल्य बढाउने खेललाई बन्द गर्ने पराजुली बताउँछन् । तर, २ः४५ देखि ३ बजेसम्म कारोबार नहुँने कम्पनीको सेयर मूल्य भने त्यसअघिको अन्तिम मूल्यलाई नै मान्यता दिने पराजुलीले बताए ।

नेपाल धितोपत्र बोर्डले फागुन १५ गते नेप्सेमा यो विनियमावली स्वीकृत गरेर पठाएको थियो । नेप्सेले परीक्षण गर्दा चैत ७ गतेबाट यो नियम लागु गर्न सकिएको पराजुली बताउँछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro