site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भागवत खनालको निबन्धकृति ‘आत्मबोध’ लोकार्पित 

काठमाडौं । साहित्यकार भागवत खनालको निबन्ध कृति ‘आत्मबोध’ एक समारोहबीच लोकार्पित भएको छ । 

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि तथा पूर्वमुख्यसचिव डा. विमल कोइराला र राजेन्द्रगोपाल सिंहले निबन्धसंग्रह सार्वजनिक गरे ।

भागवतको यो दोस्रो कृति हो । डेढ वर्षअघि उनको कथासंग्रह ‘बाबा मेरो पीआर आयो’ पाठकमाझ आएको थियो । ‘आत्मबोध’मा खनालका ३० वटा निबन्धहरू समावेश छन् । 

पुस्तक लोकार्पण गर्दै कवि डा. कोइरालाले खनालको लेखकीय दृष्टिकोणका बारेमा बोल्दै कृतिको चर्चा गरे । कार्यक्रममा पूर्वसचिव कृष्ण ज्ञवालीले खनालको कथा र निबन्धका विषयहरू सामाजिक र यथार्थपरक भएको टिप्पणी गरे । 

कार्यक्रममा वक्ताहरूले खनालले सामाजिक विषयवस्तुमाथि चोटिलो गरी कलम चलाउँदै आएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro