site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से निरन्तर ओरालोतर्फ, परिसूचक २६८२ विन्दुमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको  चौथो कारोबार दिन पनि घटेको छ । नेप्से परिसूचक बुधबार १४.८८ अंक घटेको हो । यससँगै बजारमापक २६८२.१५ विन्दुमा कायम छ । 

आइतबारदेखि बजार निरन्तर ओरालो लागेको बजार बुधबारसम्म कायम छ । यसदिन ५३ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको मूल्य स्थिर रह्यो ।

पाँच अर्ब १४ करोड ३९ लाख रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ । मिथिला लघुवित्त, गरिमा समृद्धि योजना, भूगोल इनर्जी, ग्रिन डेभलपमेन्ट बैंकलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

सामुदायिक लघुवित्त, हिमालयन पावर, स्वेत–गंगा हाइड्रो, सेन्ट्रल फाइनान्स, मनकामना इन्जिनियरिङ हाइड्रो उच्च गुमाउने कम्पनीको शीर्ष स्थानमा रहे ।

समूहगत उपसूचकतर्फ होटेल तथा पर्यटन, म्युचअल फन्ड, व्यापार समूहको सेयर मूल्य बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro