site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली हवाई आक्रमणमा मृत्यु हुने संख्या ४१३ पुग्यो

गाजा । गाजापट्टीका विभिन्न स्थानमा मंगलबार बिहान इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको संख्या ४१३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

जारी इजरायली आक्रमणमा कम्तीमा ५६२ प्यालेस्टाइनी घाइते भएका छन् । धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन् । उनीहरूको उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“यस समयमा, आईडीएफ (इजरायल रक्षा बल) र सिन बेटले गाजा पट्टीभरि विद्रोही लक्ष्यहरूमा प्रहार गरिरहेका छन्,” सेना र सिन बेटले संयुक्त विज्ञप्तिमा उल्लेख गरको छ । 

“विगत केही घण्टामा प्रहार गरिएका लक्ष्यहरूमा प्रक्षेपण पोस्ट, हतियार भण्डार र थप सैन्य पूर्वाधारहरू समावेश छन् ।”

हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताको सबै प्रस्ताव अस्वीकार गरेको कारणले आक्रमण पुनः सुरु गरेको इजरायलले बताएको छ ।

हमासले जनवरी १९ मा लागु भएको युद्धविरामको इजरायलले उल्लंघन गरेको आरोप लगाउँदै सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको थियो ।रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro