site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ सरकार गठन हुने भ्रममा नपर्नू : कांग्रेस प्रमुख सचेतक 

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन् । 

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले मुलुकको स्थायित्वका लागि वर्तमान सरकार गठन भएको भन्दै यसलाई तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका हुन् । 

उनले नयाँ सरकार गठन हुने भन्ने भ्रममा नपर्न आग्रह समेत गरे । घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रूपमा आउने सम्भावना समाप्त भएको उल्लेख गरे । 

उनले भूमिसम्बन्धी अध्यादेशलाई परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै अपमा अगाडि बढाउने उल्लेख गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro