site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कर्जा असुल गर्न जमानतदाताको नाममा ९० दिने सूचना

विराटनगर । मोरङको उमागौरी सहकारी ठगी सम्बन्धी प्रकरणमा बैंकले रकम भुक्तानीका लागि जमानतदाताको नाममा ९० दिने सूचना प्रकाशित गरेको छ । नौ जना जमानीकर्ताको नाममा सूचना प्रकाशित भएको हो ।

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अंजिला कोइराला समेत जोडिएको सहकारीले धितो राखेको सम्पत्ति लिलाम बिक्री/सकार गर्दा समेत पर्याप्त नभएको जनाउँदै एक्सेस डेभलपमेन्ट बैंकले सोमबार सार्वजनिक सूचना प्रकाशित गरेको छ । 

बैंकले सहकारी अध्यक्ष शम्भूप्रसाद रौनियार, संचालक अंजिला कोइराला, आमोद मण्डल र आलम अंसारी, शम्भूप्रसाद सिंह, दिलमाया राई, रोशन राजवंशी, लक्ष्मण साह रौनियार र जीतमान ठाकुरको तीनपुस्ते नामावलीसहित सूचना प्रकाशित गरेको छ ।

९० दिनभित्र जमानतकर्ताहरूले असुल हुन बाँकी रहेको रकम चुक्ता गर्न बैंकले भनेको छ । 

अन्यथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । 

सहकारी ठगी प्रकरणमा उच्च अदालत विराटनगरले पुस २४ गते ऋषिकेश पत्नी कोइरालालाई दश लाख धरौटीमा छाडेको थियो । 

सहकारीको बचत र प्रवाह भएको ऋणमा करिब साढे २२ करोड रुपैयाँ अपचलन भएको भन्दै गत मंसिर २७ गते जिल्ला अदालतमा २६ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro