site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेको सीईओका लागि ‘सर्टलिस्ट’ : पाँच दाबेदार को हुन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन दिएका १० मध्ये पाँचजना ‘सर्टलिस्ट’मा परेका छन् । यसरी सर्टलिस्टमा पर्नेमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल छन् ।

आचार्य यसअघि नेप्सेको सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)को सीईओबाट अवकाश प्राप्त हुन् । नेप्सेको सहायक कम्पनीमा चार वर्षे कार्यकाल सकेका आचार्य बलियो प्रतिस्पर्धी मानिन्छ । आचार्य सीडीएससीको सीईओ हुनुभन्दा पहिले कृषि विकास बैंकको डीसीईओका रूपमा काम गरेका थिए । उनले स्टाटिस्टिकमा एमएसी, एमबीए र समाजशास्त्रमा एमए गरेका छन् ।   

लुइँटेल तारागाउँ विकास समितिको पूर्वअध्यक्ष र सदस्य–सचिव हुन् । प्रेम आले पर्यटनमन्त्री भएका बेला उनले तारागाउँ विकास समितिको सदस्य–सचिवको जिम्मेवारी दोस्रोपटक पाएका थिए । उनी नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशक पनि भएका थिए । उनले नाथममा करिब सात महिना काम गरे । सुदन किराती पर्यटनमन्त्री भएको बेला उनले नाथमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् ।

बस्याल हाल एन.आर.एन. इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सीईओ छन् । क्यापिटल मार्केटको विषयमा लेख लेख्दै आएका बस्यालले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र एलएलबी पास गरेका छन् । त्यसका साथै उनले चार्टर्ड फाइनान्ससियल एनालिस्ट (एफसीए) पास गरेका छन् ।

प्याकुरेल हाल आरबीबी मर्चेन्ट बैंकको पूर्वसीईओ भएर काम गरिसकेका छन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ तथा पुँजीबजारमा अनुभव प्राप्त प्याकुरेलले एनआईबीएल एस क्यापिटलमा सहायक महाप्रबन्धक पदमा रहेर पनि काम गरेका थिए ।

त्यसैगरी चापागाईंले सानिमा लाइफ इन्स्योरेन्समा डेपुटी जेनेरल मेनेजरको रूपमा काम गरिरहेका छन् । सानिमा र रिलायन्स मर्जर भएपछि बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको पनि डेपुटी जनरल मेनेजरमा नै कार्यरत छन् । तर, मर्जरपछि उनको यो पदमा विवाद छ । उनले बिमा क्षेत्रको कार्यअनुभव हासिल गरेका छन् । 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro