site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेडिकेटेड बिल जाँचका लागि मन्त्री खड्काले गठन गरेको समितिलाई सर्वोच्चको ब्रेक
Tiktok banner adTiktok banner ad

काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइनको बिल जाँचबुझका लागि ऊर्जा मन्त्रालयले गठन गरेको समितिमा अन्तरिम आदेश दिएको छ । ऊर्जा मन्त्रालयले गत मंसिर २ गते अरविन्दकुमार मिश्र संयोजकत्वमा गठन गरेको समितिका कामकारबाहीमा सर्वोच्चले रोक लगाएको हो ।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

ऊर्जामन्त्री दीपक खड्काले मिश्रको संयोजकत्वमा चार्टर्ड एकान्टेन्ट सुजनकुमार काफ्ले र श्रीरामराज पाण्डे सदस्य भएको समिति गठन गर्न लगाएका थिए ।

विद्युत् नियमन आयोगको काम कर्तव्य रहेको बिल जाँचबुझमा मन्त्रीले आफूखुसी समिति गठन गरेपछि आलोचित थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro