site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा सांसदले भने– फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु काटिएला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सेन्सर बोर्डका सदस्यको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएकालाई पदमुक्त गर्न माग गरेका छन् । आइतबार (चैत ३) प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेका हुन् ।

“सेन्सर बोर्डमा राजनीतिक नियुक्ति पाएका सबै ननसेन्सर सदस्यहरूलाई पदमुक्त गरी चलचित्र बुझेका मान्छेलाई नियुक्त गर्न म सरकारसँग माग गर्दछु,” उनले भने ।

चलचित्र समाजको ऐना भएको उनले उल्लेख गरे । उनले सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको आरोप समेत लगाए । उनले भने, “चलचित्र समाजको ऐना हो । त्यही समाजका कुरा चलचित्रमा व्यक्त गर्न सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहेको छ ।”

उनले चलचित्रमा अनावश्यक ‘कैँची’ चलाउँदा सरकारको आयु पनि काटिने भन्दै होस गर्न चेतावनी दिए । सेन्सरसिपविरुद्धको चलचित्रकर्मीको आन्दोलनमा उनले ऐक्यबद्धता पनि जनाए । “फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला, होस गर्न आग्रह गर्दछु,” उनले भने ।

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको भाषणको दृश्य चलचित्र ‘राजागंज’मा समेटिएकामा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति रोकेको थियो । पछि उक्त अभिव्यक्ति काटेपछि चलचित्र प्रदर्शनको अनुमति दिइएको थियो । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro