अर्थ व्यवसाय
16138872711667798217.jpg)
काठमडौं । नेपाली बजारमा आइतबार (चैत ३) सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार १०० रुपैयाँ कायम छ । गएको शुक्रबार (चैत १) सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यस दिन छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ ११:०९
प्रतिक्रिया दिनुहोस्