site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंसहित केही स्थानमा हावाहुरी र वर्षा हुने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज (चैत ३) वर्षाको सम्भावना छ । हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षाको सम्भावना सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी छ । यी प्रदेशका थोरै भूभागमा दिउँसो वर्षाको पूर्वानुमान गरिएको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । सुदूरपश्चिम र कर्णालीका केही स्थानमा आइतबार बिहान पनि पानी परेको छ ।

अरू पहाडी भूभागका केही स्थानमा समेत वर्षाको सम्भावना छ । “सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै भूभागमा वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “बाँकी पहाडी भूभागका एक/दुई, एक/दुई स्थानमा वर्षाको सम्भावना छ ।”

मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

यस दिन काठमाडौंसहित केही स्थानमा हावाहुरीको पनि सम्भावना छ । सुदूरपश्चिमबाहेकका सबैजसो भूभागमा हावाहुरीको सम्भावना रहेको उनले जानकारी दिए ।

काठमाडौंमा समेत वर्षाको सम्भावना छ । यहाँ दिउँसोतिर वर्षा हुन सक्ने उनले बताए । काठमाडौंमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल)को अवस्था रहने उनले जानकारी दिए ।

“बादल आउने/जाने भइरहन्छ । खण्डित (कुनै ठाउँमा मात्र) वर्षा हुनसक्छ,” उनले भने, “काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना छ । तर, प्रिमनसुनमा ठ्याक्कै यस्तै हुन्छ भन्न कठिन हुन्छ ।”

कोसीको तराई र पश्चिम लुम्बिनीबाहेकका भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाको पूर्वानुमान छ । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro