site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिस्थापन विधेयक सदनमै छलफल गरेर अगाडि बढाउने तयारी
फाइल तस्बिर ।

काठमाडौं । प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा नै छलफल गरेर अगाडि बढाइने भएको छ । शनिबार (चैत २) बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यादेशका प्रतिस्थापन विधेयकलाई प्रतिनिधिसभामा छलफल र निर्णयार्थ पेस गर्ने कार्यतालिका बनाइएको हो ।

यही चैत ४ र ७ गते बस्ने बैठकबाट सबै प्रतिस्थापन विधेयक पारित गरेर राष्ट्रियसभामा पठाइने भएको छ । चैत ४ देखि १५ गतेसम्मको प्रतिनिधिसभा बैठकको कार्यतालिका पनि बनाइएको छ ।

प्रतिस्थापनका साथै नियमित प्रक्रियाबाट आएका विधेयक पनि पारित गर्ने योजना छ ।

सरकारले चालु अधिवेशन बोलाउनु केही दिनअघि गएको पुस २९ गते पाँच अध्यादेश ल्याएको थियो । माघ २ गते अर्को एउटा अध्यादेश ल्याइएको थियो ।

सरकारले अध्यादेश ल्याएपछि बस्ने संसद्को पहिलो बैठकमा त्यो पेस हुने र त्यसको ६० दिनभित्र संघीय संसद्का दुवै सदनबाट पारित गरी राष्ट्रपतिबाट लालमोहर लागिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रियसभामा टेबल गर्ने अवस्था नै नबनेपछि फिर्ता लिइएको छ । बाँकी संशोधन गर्ने अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश र निजीकरण पहिलो संशोधन अध्यादेश प्रतिनिधिसभाको बैठकमा नै छलफल गरी निर्णयार्थ अगाडि बढाइने कार्ययोजना छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro