site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस–एमालेप्रति प्रचण्डको आशंका– प्रतिगमन आधा सच्चियो भनेर सरकारमा गएको होइन ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने विश्वास गर्न नसकिने बताएका छन् । शनिबार (चैत २) भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कांग्रेस–एमालेप्रति लक्ष्य गर्दै उनले यथास्थितिवादी अफ्ठ्यारो भएको खण्डमा प्रतिगमनकारीतिर मिल्न सक्ने जिकिर गरे । संविधान घोषणा गर्न हुन्न भन्ने र गणतन्त्र सम्भव छैन भन्ने नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारको नेतृत्व गरेर त्यसको फल खाइरहेको उनले बताए । तर, लोकतन्त्रप्रति उनीहरूको दृढ विश्वास नरहेको प्रचण्डको भनाइ थियो ।

“यो यथास्थितिवादी भन्नेहरू अफ्ठ्यारो भयो भने प्रतिगमनकारीतिर गएर मिल्न सक्छन् । संविधान घोषणा गर्न हुन्न भन्ने, गणतन्त्र सम्भव छैन भन्ने नेताहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारको नेतृत्व गरेका त छन्,” उनले भने, “संघीय गणतन्त्रको फल त अहिले खाइरहेकै छन् । तर, उनीहरूको योप्रति दृढ विश्वास छैन ।”

उनले प्रतिगमनका विरुद्ध उनीहरू (कांग्रेस–एमाले) लड्नेभन्दा पनि लिपापोती गर्नेतिर अग्रसर रहेको आरोप लगाए । माओवादी कमजोर भएको मौका छोपेर उनीहरू प्रतिगमनकारीतिर मिल्ने सक्ने उनले आशंका व्यक्त गरे ।

उनले ‘जनयुद्ध’ लड्दै गर्दा प्रतिगमन आधा सच्चियो भनेर एमाले सरकारमा गएको होइन ? भन्दै प्रश्न गरे । ज्ञानेन्द्र शाहको शासनक्रममा एमालेले प्रधानमन्त्रीका निम्ति निवेदन दिएको उनले उल्लेख गरे । सोही समयमा कांग्रेसबाट वर्तमान सभापति शेरबहादुर देउवालाई असक्षम भनेर कारबाही गरिसकेपछि पुनः प्रधानमन्त्री बनाउँदा पार्टीले ‘महाराजाधिराजले बुद्धि पुर्‍याइबक्सियो’ भन्ने कुरा गरेको उनले बताए । सोही कारणले कांग्रेस र एमालेको भर परेर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन्छ भन्ने विश्वास नरहेको उनले जिकिर गरे ।

“...हामी जनयुद्ध लड्दै गर्दा प्रतिगमन आधा सच्चियो भनेर एमाले सरकारमा गएको होइन ? अन्तिमअन्तिम बेला यही ज्ञानेन्द्रले भनेको सरकारमा गएको, ज्ञानेन्द्रलाई बिन्तीपत्र हालेर प्रधानमन्त्रीको लागि आवेदन, निवेदन दिएको त हामीलाई थाहा छ नि,” उनले भने, “कांग्रेस पनि पहिला शेरबहादुरजीलाई यो असक्षम प्रधानमन्त्री भनेर कारबाही गरियो, पछि फेरि प्रधानमन्त्री बनाउँदा महाराजाधिराजले बुद्धि पुर्‍याइबक्सियो भन्ने कांग्रेसका नेता छँदै छन् ।” 

अध्यक्ष प्रचण्डले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको बताए । हाल आफूहरूको आलोचना चर्को रूपमा भइरहेको उनले उल्लेख गरे । आफूविरुद्ध पूर्वपञ्चले झुटो प्रचार गरिरहेको उनले बताए । माओवादीप्रतिको जनविश्वासले कांग्रेस र एमाले आत्तिएको उनको भनाइ थियो ।

राजावादीसँग भन्दा पनि आफूहरूको मुख्य लडाइँ वर्तमान सत्ता गठबन्धनसित रहेको उनले बताए । “...तपाईंहरूले राम्रोसँग हेर्नुभयो भने दलाल, नोकरशाही पुँजीपति र बिचौलियाहरूको गठबन्धन हो,” उनले भने, “यो जनताको हकहितका विरुद्ध, सुशासनका विरुद्ध, सामाजिक न्यायका विरुद्धको गठबन्धन हो । मुख्य लडाइँ यहाँ परेको छ । यसबाट फाइदा उठाएर प्रतिगामी, प्रतिक्रियावादीहरूले केही फाइदा लिन सकिन्छ कि भनेर आएका छन् ।”

उनले आउँदा दिनमा माओवादीले कांग्रेस र एमालेसँग समीकरण नगरी निर्वाचन लड्ने घोषणा गरे । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro