site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. केसीको दाबी : कुनै सरकारी जग्गा कब्जा गरेको छैन, कित्ता सट्टापट्टा गरेको हो

काठमाडौं । चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरेका छन् । 

तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको सरकारी जग्गा ओगटेको विषय सार्वजनिक भएपछि शनिबार स्थानीय जनप्रतिधिलगायतलाई सँगै राखेर उनले पत्रकार सम्मेलन गरे । सो क्रममा उनले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको दावी गरेका हुन् । 

आफ्नो सार्वजनिक छवि बिगार्नका लागि आफूमाथि आरोप लगाइएको भन्दै उनको दाबी छ । कित्ता नम्बर ६२ आफ्नो नाममा रहेको र कित्ता नम्बर ६३ सरकारको नाममा रहेको जिकिर गरे । 

केसीले सरकारी जग्गामा आफूले भोगचलन नगरेको स्पष्ट पारे । कित्ता नम्बर ६१ आफ्नो श्रीमतीको नाममा रहेको र उक्त कित्ता सार्वजनिक सडकमा हालेर सट्टापट्टा गरेर कित्ता नम्बर ६२ आफ्नो नाममा कायम भएको उनले बताए । 

उनले सरकारको नाममा रहेको जग्गा नचाहिने र सरकारी जग्गा दुरुपयोग हुन नदिने प्रतिबद्धता पनि जनाए । केही दिनअघि बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ र शिशिर खनालले लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको आरोप लगाएका थिए । 

डा. केसीले आफूमाथि लगाएको आरोपले आफू नडराउने बताए ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro