site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भिजिबिलिटी नपुगेपछि पाँच अन्तर्राष्ट्रिय विमान आकाशमा होल्ड 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कम भएपछि पाचवटा विमान होल्ड भएका छन् । 

अवतरण गर्न नसकेपछि फ्लाई दुबई, कतार एयरवेज, नेपाल एयरलाइन्स, एयर इन्डिया, एयर मलेसियाका विमान होल्ड भएका हुन् । 

उक्त विमानहरू काठमाडौंनजिकका जिल्लामा फन्को मारिरहेका छन् । पछिल्लो एक घण्टादेखि नेपाली आकाशमा विदेशी विमानले फन्को मारिरहेको विमानस्थलको कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय विमान अवतरण गर्न भिजिबिलिटीको समस्या भएको हो ।

डोमेस्टिक जहाज उडान र अवतरणमा भने समस्या नरहेको निरौलाले जानकारी दिए । विगत केही दिनदेखि काठमाडौं आकाशको भिजिबिलिटी कम हुँदा विमान उडान र अवतरणमा समस्या हुने गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro