site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतीय नागरिक बनेर बसेका थिए मानव तस्करीका आरोपी न्यौपाने, ६ वर्षपछि दिल्लीबाट पक्राउ

काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले सोमबार मानव तस्करीको आरोपमा पक्राउ परेका तीनजनालाई सार्वजनिक गर्‍यो । 

ब्युरोको टोलीले सार्वजनिक गरेकामा दाङ तुल्सीपुर उपमहानरपालिका–१ का कमलकुमार न्यौपाने, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ का मानबहादुर तामाङ र सोही ठाउँका सोमबाहादुर तामाङ थिए ।

तामाङद्वय एक युवतीलाई प्रभावमा पारेर भारतमा अवैध काममा लगाएको आरोपमा पक्राउ परेका हुन् । न्यौपानेलाई भने युवायुवतीलाई प्रभावमा पारेर भारत हुँदै तेस्रो मुलुक पठाउँछु भन्दै ठूलो रकम लिएर ठगी गर्ने तथा बन्धक बनाउने गरेको उजुरीका आरोपमा पक्राउ गरिएको हो ।

न्यौपाने उजुरी परेको ६ वर्षपछि पक्राउ परेका हुन् । पक्राउ परेकामाथि ब्युरोको टोलीले थप अनुसन्धान जारी राखेको ब्युरोका एसपी नरेन्द्र कुँवरको भनाइ छ । ब्युरो स्थापना हुनुअघिदेखि नै न्यौपाने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को खोजीमा थिए । तर, प्रहरीलाई उनलाई पक्राउ गर्न ६ वर्ष लाग्यो ।

न्यौपानेले दिल्लीलाई आधार केन्द्र बनाएर युवायुवतीलाई दिल्ली बोलाएर ठगी तथा बन्धक बनाउने गरेका थिए । उनीविरुद्ध दुई महिला र ६ पुरुषगरी आठजनाले जाहेरी दिएका छन् । ब्युरोको टोलीले कमललाई नेपाल–भारत सीमाक्षेत्र कञ्चनपुरबाट पक्राउ गरेको जानकारी गराएको थियो ।

तर, उनलाई दिल्लीबाट नै पक्राउ गरी नेपाल ल्याएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । आफूमाथि प्रहरीमा जाहेरी परेको थाहा पाएपछि कमल नेपाल समेत आउन छाडेका थिए । दिल्ली नै आधार बनाएर उनी मानवतस्करीमा लागेका थिए ।

वैदेशिक रोजगारीका लागि युरोपदेखि अमेरिकासमेत पठाउने प्रलोभन देखाएर लाखौँ रुपैयाँ लिएर ठगी तथा बन्धक बनाउने धन्दामा न्यौपाने थिए ।

न्यौपानेबाहेक मानवबेचबिखनमा संलग्न दाङकै प्रतीक शर्मा भन्ने पीताम्बर कँडेल भने हाल दिल्लीस्थित तिहाड जेलमा छन् । उनी लागुऔषध मुद्दामा दिल्लीमा पक्राउ परेका थिए ।

भारतमा कमल शर्माको नामबाट कागजात

दाङका कमलकुमार न्यौपाने भारतमा भने कमलकुमार शर्माको नामबाट परिचित थिए । उनी प्रहरीको खोजी सूचीमा परेपछि पक्राउबाट जोगिन भारतीय नागरिक नै बनेका हुन् ।

मावनतस्करीमै संलग्न कँडेलसमेत प्रतीक शर्माको नामबाट भारतीय कागजात बनाएका थिए । प्रहरीले पक्राउ गरेका कुमार न्यौपानेको साथबाट प्रहरीले कमलकुमार शर्माको नाममा बनाएको भारतीय आधार कार्ड समेत बरामद गरेको छ ।

यसरी नै भारतीय ड्राइभिङ लाइसेन्स, भारतीय स्थायी लेखा नम्बर र तीनवटा भारतीय बैंकको डेबिड कार्डसमेत बरामद भएको ब्युरोका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro