site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दोस्रो लेगमा बेन्फिकालाई आतिथ्यता प्रदान गर्दै बार्सिलोना

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तिम–१६ को दोस्रो लेगमा आज क्याटालन जायन्ट बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकालाई आतिथ्यता प्रदान गर्दै छ ।

नकआउट चरणको पहिलो लेगमा बार्सिलोनाले बेन्फिकाविरुद्ध उसैको मैदानमा १–० को कठिन जित निकालेको थियो । बार्सिलोना खेलको पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । तर, बार्सिलोनाका राफिन्हाले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए ।

प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउन आज बार्सिलोनालाई बराबरीको नतिजा पर्याप्त छ । पोर्चुगिज टिमलाई भने च्याम्पियन्स लिगको यात्रा कायम राख्न जित्नैपर्ने दबाब छ ।

खेलको पूर्वसन्ध्यामा बार्सिलोनाका मुख्य प्रशिक्षक हेन्सी फ्लिकले बेन्फिका अवे मैदानमा पनि जित निकाल्न सक्ने टिम भएकाले आफूहरू सजग रहेको प्रतिक्रिया दिए । “उनीहरूको टिम राम्रो छ । हामीले गर्नुपर्ने सबैभन्दा राम्रो कुरा भनेको पहिलो लेगलाई बिर्संदै यो खेलमा केन्द्रित रहनु हो । उनीहरू बलियो आक्रमण बुन्छन् । यस कुरामा उनीहरू निकै राम्रा छन् र बेन्फिकाले धेरै अवे खेल पनि जितेको छ । हामी त्यसबारे सजग बन्नुपर्छ,” फ्लिकले भने ।

च्याम्पियन्स लिगको यसै सिजनमा बार्सिलोना र बेन्फिकाबीच दुईपल्ट प्रतिस्पर्धा भइसकेको छ । लिग चरणमा पनि बार्सिलोनाले पोर्चुगिज क्लबविरुद्ध उसैको मैदानमा ५–४ को रोमाञ्चक जित निकालेको थियो ।

बार्सिलोना पछिल्लो ६ खेलयता अपराजित छ । यी ६ मध्ये स्पेनिस टिमले पाँच खेलमा जित निकाल्दा एकमा बराबरीको नतिजा आत्मसात् गरेको थियो । बेन्फिकाले भने पछिल्लो ६ मध्ये चार खेलमा जित, एकमा बराबरी र एकमा हार व्यहोरेको थियो ।

बेन्फिकाका प्रशिक्षक ब्रुनो लेजले आफ्नो टिमको लक्ष्य आत्मविश्वासी बन्नु रहेको बताए । “हाम्रो लक्ष्य भनेको आत्मविश्वासी बन्नु हो । उनीहरूविरुद्ध खेल्दा हामीले धेरै अवसर सिर्जना गरेका थियौँ । र, हामीलाई ती दुवै खेलमा नतिजा फरक हुनुपर्थ्यौ जस्तो लाग्छ,” लेजले भने ।

बार्सिलोनाको मैदान स्टाडियो ओलिम्पिक लुई कम्पनीज्मा यो खेल नेपाली समयननुसार राति ११ः३० बजे सुरु हुने तालिका छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro