site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
देशकै संलग्नतामा एक्समा साइबर आक्रमण भएको हुनसक्छ : मस्क

काठमाडौं । विश्वकै धनाढ्य अमेरिकी अर्बपति उद्यमी एलन मस्कको सामाजिक सञ्जाल एक्स सोमबार साँझ डाउन भएको थियो । हजारौँ प्रयोगकर्ताले एक्समा लगइन गर्न सकेका थिएनन् ।

मस्कले आफ्नो प्लेटफर्म एक्सले ठूलो साइबर आक्रमणको सामना गरेको बताएका छन् । "एक्सविरुद्ध ठूलो साइबर आक्रमण भएको छ । हामीमाथि हरेक दिन आक्रमण हुन्छ, तर यो धेरै स्रोतसाधनको प्रयोगसहित भएको छ । यसमा ठूलो समूह वा देशको संलग्नता छ, खोजी भइरहेको छ," मस्कले एक्समा लेखेका छन् ।

सोमबार फक्स न्युजसँगको अन्तर्वार्तामा मस्कले एक्सविरुद्धको साइबर आक्रमणमा युक्रेन क्षेत्रको आईपी एड्रेस देखिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा सामेल भएयता आलोचित मस्कको कम्पनी टेस्लाको सेयरमूल्य घट्दै गएको छ । यसबीच उनको सामाजिक सञ्जाल एक्सविरुद्ध पनि साइबर आक्रमण भएको उनले बताएका हुन् ।

टेकक्रन्चबाट ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro