site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डका गुरू ‘काजी बा’ भन्छन्, तालमेलका लागि मैले नै सुझाव दिएको हुँ, अब एकता पनि गर्नुपर्छ 
Sarbottam CementSarbottam Cement

चितवन । नेपाली वाम आन्दोलनका योद्धा एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीति गुरू खम्बासिंह कुँबर ‘अडिग’ ले प्रचण्डलाई देशको मात्रै नभई विश्वकै नेता बन्न सुझाव दिएका छन् ।

एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरी हासिल गरेको चुनावी नतिजाप्रति खुसी प्रकट गर्दै उनले अब पार्टी एकता गर्न ढिलाइ गर्न नहुने बताए । वामपन्थी एकता भए प्रचण्ड र एमाले अध्यक्ष केपी ओली विश्वकै लागि उदाहरणीय नेता बन्ने उनको विश्वास छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जीवनको उत्तराद्र्धमा आफूले दिएको सुझाव मानेर प्रचण्डले चुनावी तालमेल गरेको भन्दै ९१ वर्षीय कुँवरले भने, “प्रचण्डलाई मैले पटकपटक वाम तालमेल गर्न सुझाव दिएको हुँ । मेरो सुझाव मानेरै उहाँले चुनावमा तालमेल गर्नुभएको हो । अब छिट्टै पार्टी एकता गरेर विश्वमै उदाहरणीय बन्नुपर्छ ।”

२०३४ सालमा गोरखा आरुघाटमा तत्कालीन नेकपा (चौम)को प्रशिक्षण कार्यक्रममा तत्कालीन शिक्षक प्रचण्डलाई ‘काजी बा’ को नामले चिनिने गण्डकी अञ्चल इन्चार्ज खम्बासिंहले माक्र्सवाद, द्वन्द्वात्मक भौतिकवाद, पार्टीको रणनीति र कार्यनीति विषयमा प्रशिक्षण दिएका थिए । आरुघाटको प्रशिक्षण शिविरमा प्रशिक्षार्थी रहेका प्रचण्डलाई खम्बासिंहकै प्रस्तावमा पार्टी सदस्यतासमेत दिइएको थियो । प्रचण्डका राजनीतिक गुरू कुँवरले माक्र्सवादको पाठ पढाएका तिनै प्रचण्ड नेपाली राजनीतिका निर्णायक व्यक्तित्व बनेका छन् ।

Global Ime bank

नेकपा माओवादी केन्द्रको सम्मानित सल्लाहकार रहेका खम्बासिंह भन्छन्, “प्रचण्ड आफ्नो वचनमा कटिबद्ध छन् । क्रान्ति गरेरै दुःखी, गरिब र शोषित पीडितको पक्षमा लाग्ने नेता हुन् । अब नेपालको राजनीतिक संक्रमण अन्त्य गर्ने जिम्मा पनि प्रचण्डको काँधमा आएको छ ।”

यतिखेर एमाले र माओवादी केन्द्रमा पहिले सरकार कि पार्टी एकता भन्ने विषयले हलचल ल्याएको छ । आफ्नो सम्पूर्ण जायजेथा पार्टीलाई सुम्पेर सर्वहारा बनेका कुँवरको औषधि उपचार र खाने बस्ने प्रबन्ध पार्टीले गर्दै आएको छ । उनलाई नातिनी बुहारीले हेरचाह गर्दै आएकी छन् ।

सुगर, प्रेसर, दमलगायत दर्जन बढी रोगबाट पीडित कुँवर पार्टी एकीकरण हुन लागेकोमा खुसी देखिन्छन् । कुँवरले भने, “प्रचण्ड प्रधानमन्त्री बन्नुअघि र पछि धेरैपटक वाम तालमेल गर्न सुझाव दिएको थिएँ । त्यही प्रक्रियाअनुसार काम भइरहेको छ । म धेरै खुसी छु ।”

प्रचण्ड चितवन आएको अवसर पारेर बेलामौकामा कुँवरलाई भेट्छन् । सञ्चो–विसञ्चो सोध्छन् । व्यस्त दैनिकीमा पटकपटक भेटघाट हुन पनि गाह्रो हुन्छ । चुनावअघि प्रचण्डले कुँवरलाई भेटेरै सल्लाह मागेका थिए । उनी भन्छन्, “मैले जसरी भए पनि पार्टी एकीकरण गर्न सुझाव दिएको थिएँ । देशको विकासका लागि पार्टी एकता भए विभिन्न कालखण्डमा भएका गल्ती पनि छोपिन्छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १२, २०७४  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय