site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोटिहोम गर्न दिन पोखरा महानगरपालिका सहमत

पोखरा । पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ । सोमबार महानगरपालिकामा बसेको बैठकले कोटिहोम गर्न दिने तर, स्थान हेरफेर गर्ने सहमति भएको छ ।

महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र आयोजक मानवसेवा फाउन्डेसनका तर्फबाट पाँच सदस्यीय टोलीसहित केही व्यक्तिहरूबीच छलफल भएको थियो ।

बैठकले कोटिहोममा महानगरपालिकाले पनि अपनत्व लिने निर्णय गरेको विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले जानकारी दिए ।

स्थान विशेषमा केही विवाद देखिएकोले मंगलबार कार्यपालिका बैठक बस्ने निर्णय भएको छ । कार्यपालिका बैठक बसेर पाँच सदस्यीय विवाद समाधान समिति बनाउने निर्णय पनि भएको छ । समितिमा आयोजकका तर्फबाट दुईजना, जिल्ला प्रशासनबाट एक र महानगरबाट दुईजना सदस्य रहनेछन् ।

यही समितिले तोकेको स्थानमा कोटिहोम हुनेछ । स्थानको टुंगो चार/पाँच दिनमा लाग्नेछ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro