site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिग : ‘सी’ क्याटागोरी खेलाडीको ड्राफ्ट सम्पन्न 

काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका निम्ति ‘सी’ क्याटागोरीका खेलाडीको ड्राफ्ट सम्पन्न भएको छ । एनएसएलका सातै टिमले आइतबार (फागुन २५) ‘सी’ क्याटागोरीका खेलाडी छनोट गरेका हुन् ।

लिगका निम्ति प्रत्येक टिमले चार खेलाडी छानेका छन् । ड्राफ्टमा ९४ खेलाडी ‘सर्टलिस्ट’ गरिएको थियो । त्यसबाट कुल २७ जना छानिएका हुन् । पोखरा थन्डर्स एफसीले एक खेलाडी रिटेन गरेको छ ।

प्रतियोगिताको तेस्रो संस्करणमा झापा एफसी, ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स एफसी र एफसी चितवनले प्रतिस्पर्धा गर्नेछन् ।

सातै टिमले यसअघि नै ‘ए’ र ‘बी’ क्याटागोरीका खेलाडी अनुबन्ध गरिसकेका छन् ।

यस्तो छ ‘सी’ क्याटागोरीको सूची–
बुटवल लुम्बिनी – सुमन श्रेष्ठ, निसाङ लिम्बू, खेमराज श्रेष्ठ र मनीष सेडाइँ
धनगढी एफसी – अमृत श्रेष्ठ, रोहन खड्गी, हरिसराज भथित्ता र सन्तोष महत
चितवन एफसी – विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङतान र प्रदीप भण्डारी
झापा एफसी – सिर्जन दानी, आरोन थापा, श्याम मुर्मु र अभिषेक गुरुङ
काठमाडौं रेजर्स – भरत चौधरी, मौसम लुंगेलीमगर, पुस्कर खड्का र पेम्बा दोर्जे लामा
ललितपुर सिटी – मनोज राई, पवन शाही, दिपेश घले र अनिस क्षेत्री
पोखरा थन्डर्स – नरेश चौधरी (रिटेन्ड), गौरव श्रेष्ठ, सकेल रेग्मी र प्रविनकुमार सुनार ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro