site stats
बाह्रखरी :: Baahrakhari
देश
आईजीपी कुँवरसँगै अवकाशमा जान लागेका यी हुन् पाँच एआईजी र तीन डीआईजी

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर आउँदो चैत ५ गते अनिवार्य अवकाशमा जाँदै छन् । प्रहरीको ३० वर्षे सेवा अवधिका कारण उनी अवकाशमा जान लागेका हुन् ।

आईजीपी कुँवरसँगै तत्कालीन समयमा प्रहरी निरीक्षकमा भर्ना भएका संगठनका अरू उच्च अधिकारी समेत अवकाशमा जान लागेका छन् । अवकाशमा जाने अधिकारीहरूमा पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) र तीन प्रहरी नायब महानिरीक्षक डीआईजी छन् ।

Argakhachi Cement Island Ad

अवकाशमा जान लागेका एआईजीहरूमा प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, मानव स्रोत विभाग प्रमुख दुर्गासिंह चन्द, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत, कार्यविभाग प्रमुख बुद्धिराज गुरुङ र जनकराज भट्टराई छन् ।

यस्तै, डीआईजीहरू सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख गणेश चन्द, भोलाबहादुर रावल र ध्रुवबहादुर राउत अवकाशमा जाँदै छन् ।

उनीहरू सबै आईजीपी कुँवरसँगै ०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट संगठनमा प्रवेश गरेका थिए । प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवाहदका कारण उनीहरू एकैसाथ अवकाशमा जान लागेका हुन् ।

कुँवरले अवकाश पाउने भएसँगै ०५२ भदौदेखि प्रहरी सेवा सुरु गरेका एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकप्रसाद राईमध्ये एकजना आईजीपी हुनेछन् ।

एआईजी थापा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयका प्रमुख छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्