site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुर स्पोर्ट्स अवार्ड–२०८१ वैशाख अन्तिम साता हुने

काठमाडौं । ललितपुर स्पोर्टस अवार्ड–२०८१ वैशाख अन्तिम साता आयोजना हुने भएको छ । आइतबार आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरी अवार्ड आयोजनाबारे जानकारी दिएको हो ।

आयोजकका अनुसार अवार्ड आगामी वैशाख २७ गते हुनेछ । अवार्डमा ललितपुर जिल्लालाई प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीलाई मात्र अवार्डबाट पुरस्कृत गरिनेछ । 

अवार्डमा महिला, पुरुष र प्रशिक्षक विधामा सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । आयोजकका अनुसार प्रत्येक विधाबाट एक सर्वोत्कृष्ट र दुई उत्कृष्ट खेलाडी एवं प्रशिक्षक चुनिनेछ । 

सर्वोत्कृष्ट खेलाडी एवं प्रशिक्षकलाई एक लाख रुपैयाँ तथा पाटनको कृष्ण मन्दिर रहेको अवार्ड दिइने आयोजकले बताए । उत्कृष्ट खेलाडीहरू तथा प्रशिक्षकलाई ५० हजार रुपैयाँसहित पाटनको कृष्ण मन्दिर रहेको अवार्ड दिइनेछ । 

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको मुख्य प्रायोजनमा हुन गइरहेको अवार्डको अनुमानित बजेट ३२ लाख रुपैयाँ छ । सातदोबाटोस्थित कराते कवर्ड हलमा अवार्ड हुने आयोजकले जानकारी दिएको छ ।

अवार्ड समारोहमा खेलाडी तथा प्रशिक्षक छनोटका लागि छनोट उपसमिति गठन गरिएको छ । अवार्डका लागि ललितपुर खेलकुद विकास समितिले आवेदन फारम जारी गर्नेछ । 

दर्ता भएका आवेदनमध्येबाट तीनजनाको नाम छनोट गरी छनोट समितिमा सिफारिस गरी पठाइनेछ । आयोजकले सर्वाेत्कृष्ट खेलाडीका लागि १५० पूर्णांक तोकेको छ । 

जिल्ला खेलकुद विकास समितिका सदस्य सागर चित्रकारको संयोजनमा प्रकाश थापामगर, गंगाराम महर्जन, मधुवनलाल सिंह र रामगोपाल महर्जन सम्मिलित छनोट समिति गठन गरिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro