site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले मोरङ मतगणना : अध्यक्षसहित पदमा इतर समूहको अग्रता

विराटनगर । नेकपा एमाले मोरङको मतगणना जारी छ । पछिल्लोपटक गनिएको मत परिणाममा अध्यक्षसहित पदाधिकारीतर्फ इतर समूहका उमेदवार अगाडि छन् ।‌

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले दिएको जानकारीअनुसार हालसम्म ६८० मतगणना भइसकेको छ । जसमा अध्यक्षका उमेदवार इतर पक्षका अजम्बर राईले ३३२ र संस्थापन पक्षका राजकुमार ओझाले ३२१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा इतर पक्षका सागर थापाले ३२० मत र  संस्थापनकी शान्तिकुमारी लिम्बू भुजेलले ३०५ मत,  सचिवमा इतरका सोमराज थापाले ३४७, संस्थापनका रविन थापा २८७ मत, उपसचिवमा इतरका सन्तोष वान्तवाले ३७० मत संस्थापनका इर्जालाल राजवंशीले २४६ मत प्राप्त गरेका छन् । महिला उपसचिवमा भने संस्थापन पक्षकी शिल्पा निराला कार्की इतर पक्षकी उषा झालाई उछिनेर अघि बढेकी छन् । कार्कीले ३२३ मत पाउँदा झाको ३०८ मत आएको छ ।

पाँच पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ सदस्य सर्वसम्मत निर्वाचित भइसकेका छन् । ३२५ जनाले मनोनयन दर्ता गरेकोमा ६३ जनाले उमेदवारी फिर्ता लिएका थिए । चुनावी प्रक्रियामा १९१ जना उमेदवार थिए । ९११ मध्ये ८८८ मत खसेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro