
पोखरा । कास्कीको पोखरामा महानगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको छ । शुक्रबार (फागुन २३) बिहान बाराहीघाटमा झडप भएको हो ।
नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आज मानव सेवा फाउन्डेसनले गर्ने भनिएको कोटिहोमका निम्ति भूमि पूजन कार्यक्रम थियो । त्यसलाई रोक्न पुगेको महानगर प्रहरी र आयोजक व्यक्तिहरूबीच धकेलाधकेल भएको थियो ।
त्यसक्रममा नगर प्रहरीले स्थानीय मिलन पहारीलाई कुटपिट गरेको थियो । उनलाई उपचारका निम्ति मेट्रोसिटी अस्पताल पठाइएको थियो ।
त्यसपछि विरोधमा उत्रिएका आयोजक पक्षका अरू व्यक्ति र नगर प्रहरीबीच झडप भएको हो । झडपमा परी नगर प्रहरी र आयोजक दुवैतर्फका गरी करिब एक दर्जन मानिस घाइते भएका छन् ।
बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यविरुद्ध स्थानीयले नाराबाजी गरेका छन् ।
महानगरले भने अनुमतिबिना कोटिहोम गर्न लागिएको हुँदा रोक्न खोजिएको जनाएको छ । केही वडाध्यक्ष पनि त्यहाँ उपस्थित छन् ।
भिडियो हेर्नोस्–