site stats
बाह्रखरी :: Baahrakhari
विदेश
डिपफेक पोर्नको बढ्दो प्रवृत्तिले दक्षिण कोरियामा हलचल

काठमाडौं । विद्यालयहरूमा डिपफेक पोर्नको बढ्दो प्रवृत्तिले दक्षिण कोरियामा हलचल मच्चाएको छ। बीबीसीले सेप्टेम्बरमा ५०० भन्दा बढी विद्यालय र विश्वविद्यालय प्रभावित भएको जनाएको छ ।

अगस्ट २०२४ मा कोरियाली शिक्षक तथा शिक्षा कर्मचारी संघ (केटीयू)ले एउटा सर्वेक्षण गरेको थियो। यसमा शिक्षक र विद्यार्थीहरूलाई कहिल्यै उनीहरूले ‘फेक’ तस्बिरको सिकारको सामाना गनुपरेको वा नपरेको भनेर सोधिएको थियो । जसमा दुई हजार ४९२ घटनाहरू रिपोर्ट गरियो।

Argakhachi Cement Island Ad

पीडितहरूमा माध्यमिक, प्राथमिक र विशेष विद्यालयहरू र किन्डरगार्टनका विद्यार्थीहरू पनि थिए। २०४ शिक्षक, ३०४ विद्यार्थी र बाँकी विद्यालयका कर्मचारी गरी जम्मा ५१७ जना प्रभावित भएको पाइयो । 

धेरै पीडितहरू प्रहरीमा नजाने भए पनि उजुरी हुनेको संख्या बढ्दै गएको छ । दक्षिण कोरियामा प्रहरीलाई रिपोर्ट गरिएका गम्भीर यौन अपराधको संख्या बढेको छ। यो संख्या सन् २०२१ मा १५६ थियो, जुन २०२४ मा बढेर १,२०२ पुगेको छ।

गत वर्षको अन्त्यमा सार्वजनिक गरिएको प्रहरी तथ्यांकले पक्राउ परेका ६८२ जनामध्ये ५४८ जना नाबालिग रहेको देखाएको छ । तीमध्ये १०० भन्दा बढी १० देखि १४ वर्षका बालबालिका थिए, जसलाई उनीहरूको उमेरका कारण अपराधी भनी मुद्दा चलाउन वा सजाय दिन सकिँदैन। बीबीसी

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्