site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस प्रमुख सचेतकको कटाक्ष : कुलमानलाई सबै प्रतिपक्षी दलको साझा अध्यक्ष बनाउनू 

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रतिपक्षी दलको अध्यक्ष बनाउनू भन्दै कटाक्ष गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उनले कर्मचारी नाममा दलीयकरण नगर्न आग्रह गरे । बुधबारको बैठकमा प्रतिपक्षी दलले उभिएर जग हसाउने काम गरेको उनले आरोप लगाए । 

“एउटा कर्मचारीलाई दलीयकरण गरेर संसद्को प्रतिपक्ष हिजो उठेको देख्दा लाज पनि लाग्यो,” उनले भने, “यहाँ प्रधानमन्त्री पनि हुनुभएको छ । मन्त्री पनि हुनुभएको छ । एकजना कर्मचारीका लागि जग हसाउने काम नगरौँ ।”

नेपालको कर्मचारीतन्त्र दूधले नुहाएको नभएको धारणा राख्दै उनले देवत्वकरण नगर्न आग्रह गरे । “देवत्वकरण गरेर टाउकोमा नै बोकेर हिँड्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष उहाँलाई नै बनाइदिऔँ । ढुक्क हुन्छ, त्यति भएपछि,” उनले प्रतिपक्षी दलप्रति कटाक्ष गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro