site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राफिन्हा निर्णायक बन्दा १० खेलाडीमा समेटिएको बार्सिलोनाको जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाको निर्णायक गोलप्रेरित बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलको पहिलो लेगमा बेन्फिकाविरुद्ध उसैको मैदानमा १–० को जित निकालेको छ । 

बुधबार राति पोर्चुगलको लिस्बनमा सम्पन्न खेलमा स्पेनिस टोली पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । २२औँ मिनेटमा बेन्फिकाका पाभ्लिदिसलाई पेनाल्टी बक्सभन्दा बाहिर खराब ट्याकल गरेपछि बार्सिलोनाका रक्षक पाउ कुबार्सीले सोझै रातो कार्डको दर्शन गर्दै मैदान छोडेका थिए । 

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि दोस्रो हाफमा राफिन्हा निर्णायक बने । उनले ६१औँ मिनेटमा पेनाल्टी बक्सभन्दा बाहिरबाट सुन्दर गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । 

घरेलु टिमका रक्षक एन्टोनियो सिल्भाबाट भएको गल्तीको फाइदा उठाउँदै राफिन्हाले बललाई बटम कर्नर जाली चुमाएका हुन् ।

त्यसअघि खेलको ३५औँ मिनेटमा घरेलु टिमका समर्थकले आतिसबाजी देखाउँदै रेफ्रीले सुरक्षाको कारण देखाउँदै खेल करिब एक मिनेट रोकेका थिए । 

यो जितसँगै बार्सिलोनाले प्रतियोगिताको क्वार्टरफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । यी दुई टिमबीचको दोस्रो लेग मार्च ११ मा बार्सिलोनाको मैदानमा हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro