site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'खेलाडीहरूलाई अनुभव बटुल्ने ठूलो अवसर'

काठमाडौं । खेलमा आत्मविश्वास र अनुभवको ठूलो भूमिका हुन्छ । त्यसैले प्रतियोगिताका लागि प्राय टिमहरू यी दुई पक्षलाई केन्द्रमा राखेर तयारीमा जुट्छन् । र, तयारी गरी प्रतियोगितामा भाग लिन जान्छन् ।

यही अभ्यासलाई अंगाल्दै युगान्डामा हुने वुमन्स डे कपका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, आगामी मार्च ८ देखि सुरु हुने वुमन्स डे कपका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली युगान्डा प्रस्थान गरेका हुन् ।

महेश कटुवाल प्रशिक्षणमा रहेको नेपाली टिम इन्दु बर्माको नेतृत्वमा मैदान उत्रिनेछ । टोलीका मुख्य प्रशिक्षक कटुवालले यसपटक कप जित्ने आत्मविश्वासका साथ सहभागी हुन लागेको बताएका छन् । बुधबार मूलपानीस्थित क्यानको केन्द्रीय कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा सञ्चारकर्मीहरूलाई कप जित्ने आत्मविश्वासका साथ प्रतियोगितामा सहभागी हुन लागेको मुख्य प्रशिक्षक कटुवालले बताए ।

“एउटा विश्वास चाहिँ के छ भने हामी धेरै राम्रो प्रदर्शन गर्छौं भन्ने लाग्छ । अहिले यू–१९ का अधिकांश खेलाडीहरू आउनु भएको छ । मलाई जहाँसम्म लाग्छ उनीहरूसँग पनि अनुभव छ । सिनियर र उनीहरूमा म धेरै भिन्नता देख्दिनँ,” उनले भने ।

यस प्रतियोगितामा टोलीले विशेष गरी फिल्डिङ र फिटनेसमा बढी प्रशिक्षण गरिएको उनले जानकारी दिए ।

त्रिकोणात्मक सिरिजमा बटुलेको अनुभवलाई ध्यानमा राखी अनुभवी र युवा खेलाडीहरूको सम्मिश्रण खेलमा देखिने उनले बताए ।

टोलीकी कप्तान इन्दु बर्माले पनि तयारी पूरा भएको जनाउँदै अनुभवी र यू–१९ का प्रतिभावान खेलाडीसहित बलियो टोली बनेको बताइन् । त्यसैले युगान्डामा राम्रो क्रिकेट खेलेर फर्कने उनको विश्वास छ ।

“तालिम एकदमै राम्रो छ । हामी सबैजनाले एकअर्कालाई मार्गनिर्देशन गरेर खेल्नेछौँ,” उनले भनिन् ।  

खेलाडीहरूलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले प्रतियोगिता खेलाडीहरूलाई अनुभव बटुल्ने ठूलो अवसर रहेको बताए । “मलाई आशा छ यो प्रतियोगिता खेलाडीहरूलाई अनुभव बटुल्ने ठूलो अवसर होस् । महिलाकेन्द्रित क्रिकेट आयोजना गर्ने सन्र्दभमा आयोजना गरिएको हो,” उनले भने ।

प्रतियोगितामा नेपालसहित नामिबिया, हङकङ र युगान्डा गरी चार देश सामेल छन् । नेपालले मार्च ८ मा नामिबिया, मार्च १० मा हङकङ र मार्च १३ मा युगान्डासँग प्रतिस्र्पधा गर्र्र्ने तालिका छ ।  

नेपाली टिम : कप्तान इन्दु बर्मा, बिन्दु रावल, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, राजमती एैरी, कविता जोशी, रुबिना क्षेत्री, अलिशा कुमार यादव, रोमा थापा, रचना चौधरी, साना चौधरी, सना प्रविन, इश्वरी विष्ट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro