site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा 

टोकियो । विश्वकै ‘सबैभन्दा सही समय’ दिने घडी बिक्रीका निम्ति राखिएको छ । बुधबार ३३ लाख अमेरिकी डलरमा बिक्रीका निम्ति राखिएकाे उक्त घडी फ्रिजजस्तै फराकिलो देखिन्छ ।

क्योटोस्थित निर्माता कम्पनी सिमाद्जु कर्पोरेसनका अनुसार ‘एथर क्लक ओसी ०२०’ समयका लागि यति सही छ कि यसलाई एक सेकेन्डले विचलित हुन १० अर्ब वर्ष लाग्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘स्ट्रोन्टियम अप्टिकल ल्याटिस क्लक’ भनेर चिनिने यो घडी सेकेन्ड परिभाषित गर्ने हालको मानक सिजियम आणविक घडीभन्दा १०० गुणा बढी सही भएको सिमादजु कर्पोरेसनले जनाएको छ ।

‘कभर’सहित करिब एक मिटर (तीन फिट) अग्लो यो घडी मेसिनको आयतन २५० लिटर क्षताको मात्र छ । यो अनुसन्धानको क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ।
 
सिमाद्जुले आगामी तीन वर्षमा आफ्ना १० वटा घडी बिक्री गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूले टेक्टोनिक गतिविधिको अवलोकनजस्ता क्षेत्रमा वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन ती घडीहरू प्रयोग गर्न उपयागी हुने कम्पनीले बताएको छ । 

टोकियोको प्रसिद्ध स्काई ‘ट्री’मा यसअघि सापेक्षताको सामान्य सिद्धान्तको परीक्षण गर्न अप्टिकल जाली घडीहरू जडान गरिएको थियो । परीक्षणपछि ‘बलियो गुरुत्वाकर्षण भएको ठाउँमा समय बिस्तारै बग्छ’ भन्ने निष्कर्ष निकालिएको थियो । रासस/एएफपी

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्