site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भियारियाल र स्पान्योलबीचको खेल स्थगित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत भियारियाल र स्पान्योलबीचको खेल बाढीको सम्भावनाका कारण स्थगित भएको छ । 

भियारियालले मंगलबार सामाजिक सञ्जालमार्फत बाढीका कारण घरेलु मैदान एल माड्रिगलमा हुने तालिका रहेको खेल स्थगित भएको जनाएको हो । तालिकाअनुसार यी दुई टिमबीचको खेल मंगलबार राति हुने तय भएको थियो । 

“क्यास्टोलिनमा खराब मौसम तथा बाढीको चुनौतीका कारण, व्यावसायिक प्रतियोगिताका निर्णायकले आज तालिकाअनुुसार भियारियाल एफसी र स्पान्योलबीचको खेल स्थगित गर्ने निर्णय गरेका छन्,” भियारियालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस विषयमा स्पेनिस फुटबल संघले ला लिगा र क्लबले पाँच दिनभित्रमा नयाँ खेल मिति र स्थान निर्धारण गर्नुपर्ने जनाएको छ ।

यसअघि ला लिगाले गत अक्टोबरमा पनि पूर्वी कोस्टल सिटीमा भीषण आगलागीका कारण भ्यालेन्सियाको खेल स्थगित गरेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro