site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले मोरङको नयाँ कार्यसमिति चयन गर्न भोलि निर्वाचन

विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ कार्यसमिति चयन गर्न भोलि (मंगलबार) निर्वाचन हुने भएको छ ।

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बताएअनुसार बिहान ९ बजेबाट मतदान प्रक्रिया थाल्ने तयारी छ । "मनोनयन दर्तामा भएको ढिलाइ र अन्य प्राविधिक कारणले सोमबार निर्वाचन गर्न सकिएन," उनले भने ।

संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीको उमेदवारी परेको छ ।

इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उमेदवारी दिएका छन् ।  

जिल्ला कमिटीमा पदाधिकारी तथा सदस्यहरू गरी १६५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro