site stats
बाह्रखरी :: Baahrakhari
खेल
गणेश थापाका छोरालाई काठमाडौं जिल्ला फुटबल संघको सदस्य मनोनीत गरेपछि...

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरवलाई काठमाडौं जिल्ला फुटबल संघको सदस्यमा मनोनीत गरिएको विषयमा छानबिन गर्न उजुरी परेको छ । मनोहरा युनाइटेड एफसीका किरण लामिछानेले 'भ्रष्टाचारजन्य कार्यमा संलग्न' व्यक्तिलाई सदस्य मनोनीत गरिएको विषयमा छानबिन गर्न माग गरेका हुन् ।

"...गौरव थापाको खाताबाट पटकपटक आर्थिक अनियमितताको कारोबार भएको प्रमाणित विषयहरू सार्वजनिक भइसकेको सन्दर्भमा भ्रष्टाचारजन्य कार्य गरेको व्यक्ति एन्फा आबद्ध जिल्ला फुटबल संघ काठमाडौंमा २०८१/०१/०५ मा मनोनीत सदस्यका रूपमा रहेको विषयमा प्रमाण प्राप्त हुन आएकाले सो सम्बन्धमा यथाशक्य चाँडो संस्थागत सदाचार कायम गरी कारबाही गर्नका लागि यो उजुरी पेस गरेको छु," लामिछानेले २९ माघमा एन्फामा पेस गरेको उजुरी भनिएको छ ।

Argakhachi Cement Island Ad

उनले प्रमाणका रूपमा गौरवले फिफालाई गरेको पत्राचार तथा बयान, जिल्ला फुटबल संघ काठमाडौंको बैठकको सामूहिक तस्बिर, जिल्ला फुटबल संघ काठमाडौं अध्यक्ष एवम् एन्फा उपाध्यक्ष विराटजंग शाहीले हस्ताक्षर गरेको प्रमाणपत्रको प्रतिलिपि र गौरवका 'आपत्तिजनक अभिव्यक्ति' पेस गरेका छन् ।

गौरवलाई ५ वैशाख ०८१ मा काठमाडौं जिल्ला फुटबल संघले सदस्यमा मानेनीत गरिएको थियो ।

Ujuri-1740917833.jpg
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्