site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियामा नेपाल चिनाउने मेला : एडिलेड महोत्सवको तयारी पूरा

अस्ट्रेलिया । अस्ट्रेलियामा मुलुक चिनाउने मेलाका रूपमा चिनिएको नेपाल महोत्सव विभिन्न राज्यमा मनाउने क्रममा यही आउँदो मार्च ९ तारिख एडिलेडको एल्डर पार्कमा आयोजना हुँदै छ ।

मुलुकको कला संस्कृति र रहनसहन अनि खानपिनका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य बोकेको एडिलेडको महोत्सवको तयारी लगभग पूरा भइसकेको आयोजक एनआरएन साउथ अस्ट्रेलियाका संयोजक सञ्जय पुरीले बताए ।

एडिलेड महोत्सव मुख्य आकर्षणका रूपमा रहेको नेपालको कला संस्कृति र महत्त्वपूर्ण पर्यटकीय स्थल चिनाउने नेपाल हाउस निर्माणको तीव्र रूपमा अगाडि बढिसकेको छ । यतिमात्र नभई आयोजनाका अन्य तयारी पनि लगभग पूरा भइसकेको संयोजक पुरीले जानकारी गराए ।

अस्ट्रेलियामा जन्मेका र हुर्केका नयाँ पुस्तासँगै अस्ट्रेलियामा रहेका पछिल्लो पुस्ताका युवा र अस्ट्रेलियन नागरिकका लागि नेपाल चिनारीको माध्यम बनेको यो नेपाल हाउस सदैव महोत्सवको केन्द्रविन्दु बन्दै आएको छ ।

नेपाली परम्परागत बाजा, ढिकी, जाँतो मात्र नभएर हलो र जुवासमेत दर्शकले अवलोकन गर्न पाउनेछन् । नेपालकै परिचय बोकेको धरहरा, नेपाली परम्परागत ढुंगेधारा, इनार, घर, बौद्ध चैत्य, मन्दिर पनि हाउसको मुख्य आकर्षण रहेको एनआरएन अस्ट्रेलियाका केन्द्रीय सचिव थिर गुरुङले बताए ।

एडिलेडको आफ्नै पहिचान बनेको नेपाली पञ्चेबाजा, मौलिक बाजासहित सांस्कृतिक वस्तुहरू प्रदर्शनीमा राखिने अनि नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने अतिथि सत्कार संयोजक विष्णु तिवारीले जानकारी दिए ।

महोत्सवमा गत वर्षमा प्रदर्शनीभन्दा फरक र केही अलग महत्त्वका विषय कुमारी, एकसिंगे गैँडा, नेपाली मौलिकता झल्काउने रथ, चैत्यलगायत समेत आकर्षणका रूपमा रहने एनआरएनका केन्द्रीय सदस्य समेत रहेका तिवारीले बताए । 

महोत्सवलाई यसपटक स्थानीय शैक्षिक परामर्शदाता बुमराङ इन्टरनेसनल एजुकेसन सेन्टरले फ्लिन्डर्स विश्वविद्यालयको सहकार्यमा मुख्य प्रायोजकको भूमिका निर्वाह गरेको छ । बुमराङका आशिष वाग्लेले नेपालीपन झल्काउने र नेपालीमन जोड्ने महोत्सवमा सहकार्य गर्न पाउनु आफ्नो निम्ति पनि खुसीको विषय रहेको बताए ।

महोत्सवलाई साउथ अस्ट्रेलियन सरकार, नेपाल राजदूतावास र नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्थाले पनि सहयोग गरेको आयोजकले जनाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro