site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय डोरी तान प्रतियोगिता : पुरुष र महिला दुवै समूहको उपाधि पुलिसलाई

काठमाडौं । तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि नेपाल पुलिसले जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको फाइनलमा नेपाल पुलिसले नेपाली सेनाको टोलीलाई हराएको हो । 

प्रतियोगिताको पुरुष ६४० केजी तौल समूहको विजेता पुरस्कार राशि एक लाख रुपैयाँ र महिला ५८० केजी तौल समूहको विजेता पुरस्कार राशि ६० हजार नेपाल पुलिसले प्राप्त गरेको छ भने दुवै समूहको उपविजेता नेपाली सेनाले पुरुष र महिला समूहबाट क्रमशः ५० हजार र ४० हजार रुपैयाँ प्राप्त गरेको छ ।

शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले डोरी तानेर गरेका थिए । प्रतियोगितामा पुरुष ६४० केजी तौल समूहमा सात प्रदेश र तीन विभागीय टोली गरी जम्मा १० टिमको सहभागिता थियो । 

महिला ५८० केजी तौल समूहमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी पाँच प्रदेश तथा तीन विभागीय टोली गरी जम्मा आठ टिमको सहभागिता थियो ।

पुरुषतर्फ पाँच–पाँच टोलीलाई दुई समूहमा राखी प्रत्येक समूहको लिगमा खेल खेलाइएको थियो । समूह क बाट नेपाल पुलिसले चार खेलमध्ये सबै खेल जित्दै समूह विजेता बनी सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो भने मधेसले तीन खेल जित्दै समूह उपविजेता बनी सेमिफाइनलमा प्रवेश गरेको थियो । 

समूह ख बाट नेपाली सेनाले तीन जित र एक बराबर गरी समूह विजेता भएर सेमिफाइनलमा पुगेको थियो भने सशस्त्र प्रहरी दुई जित र दुई बराबर खेली समूह उपविजेता बनी सेमिफाइनलमा प्रवेश गरेको थियो । 

पहिलो सेमिफाइनलमा नेपाल पुलिसले सशस्त्र प्रहरीलाई २–० को सोझो सेटमा पराजित गरी फाइनल प्रवेश गरेको थियो । त्यस्तै, दोस्रो सेमिफाइनलमा नेपाली सेनाले मधेस प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरी फाइनल प्रवेश गरेको थियो । 

फाइनल खेलमा नेपाल पुलिसले नेपाली सेनालाई २–१ को सेट अन्तरमा पराजित गरी तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष ६४० केजी तौल समूहको उपाधि जितेको हो ।

त्यस्तै, महिला ५८० केजी तौल समूहमा सहभागी ८ टोलीलाई चार–चार टोलीको दुई समूह बनाई प्रत्येक समूहको लिगमा खेल खेलाइएको थियो । 

समूह क बाट नेपाल पुलिस पहिलो र लुम्बिनी प्रदेश दोस्रो भई सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह ख बाट नेपाली सेना पहिलो र सशस्त्र प्रहरी दोस्रो भई सेमिफाइनलमा प्रवेश गरेका थिए । 

पहिलो सेमिफाइनलमा नेपाल पुलिसले सशस्त्र प्रहरीलाई २–० को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनलमा नेपाली सेनाले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । 

फाइनलमा नेपाल पुलिसको टिमले नेपाली सेनाको टिमलाई २–१ सेटमा पराजित गरी तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको महिला ५८० केजी तौल समूहको उपाधि जितेको हो ।

प्रतियोगिताको पुरस्कार वितरण शनिबार प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीको उपस्थितिमा गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro