site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाँदबारीमा महिलाको शव फेला
प्रतीकात्मक तस्बिर ।

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–८, पिप्लेमा एक महिलाको शव फेला परेको छ । पिप्लेस्थित आदर्शटोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो ।

शनिबार (फागुन १७) बिहान करिब ५ बजे पोख्रेलले शव घरभन्दा ५०० मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनी शुक्रबार बेलुका ८ बजेदेखि हराएकी थिइन् ।

पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

उनको शव परीक्षणका निम्ति जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro