site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खरिद गर्न सांसद खोज्दै हिँडेका छन्, बिचौलिया अर्बौं दिन तयार : यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । पार्टीले शुक्रबार काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा उनले वैज्ञानिक बाटो अपनाएर रियल सुकुम्बासीको समस्या अन्त्य गर्नुपर्ने बताए ।

आफन्तलाई जग्गा बाँडेर सुकुम्बासीको समस्या समाधान नहुने बताए । “सुकुम्बासीको नाममा हुकुमबासीले वन फँडानी गर्ने, जग्गा हडप्ने, कमाउने, जग्गा बिक्री गर्ने र मुलुकलाई बर्बाद गर्ने धन्दा बन्द गर्नुपर्छ,” उनले भने ।

यादवले सरकार विचौलियासँग मिलेर अहिले सांसद खोज्दै हिँडेको आरोप लगाए । अध्यादेश पारित गर्नका लागि विचौलियाहरूले करोड, अर्ब दिन तयार रहेको आफूले सुनेको बताए । “कृषि उत्पादन बढाउने, गरिबी, बेरोजगारी हल गर्नेतिर ध्यान छैन । माफिया, विचौलियासँग मिलेर तीनका पैसा लिने, पार्टी फुटाउने, कार्यकर्ता खोज्ने,” उनले भने, “अहिले सांसद खोज्दै हिँडेका छन् । यो पास गराउन, कति करोड, अरब चाहिन्छ विचौलिया दिन तयार छन् । ती खोज्दै हिँड्ने धन्दा बन्द गर्नुस् ।” त्यो धन्दामा लाग्नुजस्तो देशघाती काम केही नहुने उनको भनाइ छ ।

उनले अध्यादेश फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिए । “यो अध्यादेश सरकारले फिर्ता लेओस् । हैन सांसद खरिदबिक्री गरेर यदि पास गराउँछ भने जनताका बीचमा जान्छौँ । आन्दोलनका बाटो पकडिन्छौँ,” उनले भने ।

राष्ट्रियसभामा बहुमत नुहँदा सरकारले अध्यादेश अघि बढाउन सकेको छैन । माघ १८ गतेको संसद् बैठकमा अध्यादेश पेस भएको थियो । एक महिना पुग्न लाग्दा पनि अध्यादेश अलपत्र छ । फागुन २१ गतेको बैठकमा अध्यादेश अघि बढाइने नेताहरू बताउँछन् । जसपा नेपाल अध्यादेशको विपक्षमा उभिएपछि सरकार अफ्ठ्यारोमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro