site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
डा. त्रिलोचन उप्रेतीका दुई पुस्तक सार्वजनिक 

काठमाडौं । पूर्वसचिव डा. त्रिलोचन उप्रेतीद्वारा लिखित दुई पुस्तक ‘अन्तर्राष्ट्रिय कानुन र नेपालको जलस्रोत’ तथा त्यसको अंग्रेजी अनुवाद ‘इन्टरनेसनल ल एन्ड नेपाल्स वाटर रिसोर्सेस’ एक समारोहबीच लोकार्पित भएको छ ।

मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायतले दुवै कृति सार्वजनिक गरे ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्दै पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले पुस्तकले पानीको विषयमा बृहत्त् दृष्टिकोण राखेको बताउँदै हामीले पानीको महत्त्व बुझ्नुपर्ने र त्यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा किताब केन्द्रित रहेको उल्लेख गरे । 

अर्का वक्ता विकास थापाले भारतसँग जलस्रोतका विषयमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे किताबले बोलेको उल्लेख गरे । उनले जलस्रोतको चुनौती भनेकै नेपालका नेताहरू भएको भन्दै खरो टिप्पणी गरे । अर्का वक्ता रत्नसंसार श्रेष्ठले पनि पुस्तकमाथि समीक्षात्मक मन्तव्य राखे ।

पुस्तक वाटर एसिया इन्टरनेसनलले प्रकाशित गरेको हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro