site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरियामा पुल भत्किँदा चार कामदारको मृत्यु, ६ जना घाइते

काठमाडौं । दक्षिण कोरियाको राजमार्ग निर्माणस्थलमा मंगलबार पुल भत्किँदा चार कामदारको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन् । 

पुलमाथि राखिएको चार–पाँच प्लेटहरू मिलेर बनेको संरचना सियोलबाट लगभग ६५ किलोमिटर दक्षिणमा रहेको आन्सेओङमा रहेको राजमार्ग निर्माण स्थलमा भत्किएको थियो । जमिनमा लडेर भग्नावशेषमा पुरिएका १० कामदारमध्ये चारजनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य पाँचजना गम्भीर घाइते भएका छन् भने एकजना सामान्य घाइते भएका छन् । 

क्रेन प्रयोग गर्ने र माथिल्लो प्लेटहरूलाई खाँबोहरूबीच जोड्ने क्रममा भत्किँदा दुर्घटना भएको हो । अग्नि नियन्त्रण अधिकारीहरूले उद्धार कार्यका लागि ९२ वटा उपकरण र १७० कर्मचारी परिचालन गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro