site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार्सिलोना र एट्लेटिकोको रोमाञ्चक बराबरी 

काठमाडौं । स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा क्याटालन जायन्ट बार्सिलोना र एट्लेटिको मड्रिडले ४–४ को बराबरी खेलेका छन् ।

मंगलबार राति बार्सिलोनाको मैदानमा भएको खेलमा घरेलु टिमविरुद्ध एट्लेटिकोले ६ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । तर, त्यसपछि लगातार चार गोल गर्दै बार्सिलोनाले ४–२ को अग्रता बनाएको थियो । यसपछि अन्तिम १० मिनेटमा दुई गोल फर्काउँदै एट्लेटिकोले पुनः पुनरागमन गरेको हो । 

खेलको पहिलो मिनेटमै जुलियन आल्भारेजले गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । छैटौँ मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै पाहुना टिमलाई २–० को अग्रतामा राखे । तर, एट्लेटिकोको यो अग्रता लामो समय टिक्न भने सकेन । 

१९औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई २–१ को स्थितिमा ल्याए । त्यसको दुई मिनेटपछि नै पाउ कुबार्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । 

४१औँ मिनेटमा इनिगो मार्टिनेजले ४१औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो । ७४औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले गोल गरेपछि बार्सिलोनाले अग्रतालाई ४–२ मा पूर्याएको थियो । 

तर, खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी हुँदा मार्कोस लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई ४–३ को स्थितीमा ल्याए । यस्तै, इन्जुरी समयमा एलेसान्डर सोर्लोथले गोल गरेपछि एट्लेटिको खेलमा फर्किएको हो ।

अब यी दुई टिमबीचको दोस्रो लेग अप्रिल ३ मा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro