बाह्रखरी फोटो
-1740379399.jpg)
काठमाडौं । देशका विभिन्न स्थान तथा भारतबाट नागाबाबा काठमाडौं आइपुगेका छन् । महाशिवरात्रि पर्वका निम्ति उनीहरू पशुपतिनाथ मन्दिरमा आएका हुन् ।
सोमबार (फागुन १२) बिहान पशुपतिनाथ परिसरस्थित अन्नपूर्ण आश्रममा धुनी जगाएर साधुसन्त मन्दिर प्रवेश गरेका थिए । धेरै साधुसन्त भारतको प्रयागराजस्थित कुम्भमेलामा स्नान गरी काठमाडौं आउँदै छन् ।
यो वर्षको महाशिवरात्रि पर्व यही फागुन १४ गते परेको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ १२:२९
प्रतिक्रिया दिनुहोस्