
काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो, २०२५ को उद्घाटन समारोहमा उड्ने कार प्रदर्शन गरिएको छ । मंगलबार प्रधानमन्त्री शर्मा ओलीसहितले उड्ने कारको अवलोकन गरेका छन् ।
‘गो फर मोर’ नारासहित आयोजना हुने प्रदर्शनीले आधुनिक प्रविधि, स्मार्ट मोबिलिटी समाधान र अटो उद्योगको सम्पूर्ण पक्षलाई एकै स्थानमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, चारवटा दुईपांग्रे सवारी ब्रान्ड, ३५ वटा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवाप्रदायक कम्पनी सहभागी हुनेछन् । यसमा १२५ भन्दा बढी प्रदर्शक रहनेछन् ।
प्रदर्शनीलाई एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको छ ।
यस वर्षको प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स स्वचालन र कृत्रिम बुद्धिमत्तामा आधारित उन्नत चारपांग्रे रोबोट र डिपल ईभीटोल यूएभी रहेको नाडाले जनाएको छ ।
हेर्नुहोस् तस्बिर