
काठमाडौं । काठमाडौंका आज गाईजात्रा पर्व मनाइएको छ । एक वर्षभरि दिवंगत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म गाईजात्रा पर्व मनाइन्छ ।
दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्ने र मोक्ष मिल्ने विश्वास छ ।
सहरमा गाई पाल्नेहरूले गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् । केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुन्डो तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी