site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो स्थानमा उक्लियो रियाल

काठमाडौं । घरेलु मैदानमा जिरुनाविरुद्ध २–० को जित निकाल्दै रियाल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति सान्टियागो बर्नबेउमा रियाललाई जित दिलाउन लुका मोड्रिच र भिनिसियस जुनियरले गोल गरे । रियालले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो ।

खेलको ४१औँ मिनेटमा मोड्रिचले गोल गरेपछि रियालले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । खेलको निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा भिनिसियस जुनियरले गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाए । यसपछि थप गोल नहुँदा रियालले २–० को जितसहित तीन अंक निश्चित गरेको हो ।

जितसँगै २५ खेलबाट ५४ अंक जोडेको रियाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबर भए पनि रियाल गोल आधारमा क्याटालन क्लबभन्दा पछि छ । 

२५ खेलबाट ३१ अंकको जिरुना भने १२औँ स्थानमा छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro