site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनले खनिजमा पहुँच नदिए अमेरिकाले स्टारलिंकको इन्टरनेट काट्ने

काठमाडौं । अमेरिकी नेगोसिएटरहरूले युक्रेनका महत्त्वपूर्ण खनिज स्रोतमा अमेरिकालाई पहुँच नदिएमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा कटौती गर्ने सम्भावना बढाएका छन् ।

स्टारलिंक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा महत्त्वपूर्ण प्रभाव पारिरहेका विश्वकै धनाढ्य एलन मस्कको कम्पनी हो ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको खनिजमा पहुँच दिनेबारेको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेका थिए ।

त्यसपछि अमेरिकी र युक्रेनी अधिकारीबीचको छलफलमा स्पेसएक्सको स्वामित्वमा रहेको स्टारलिंकको इन्टरनेटको कुरा उठेको रोयर्टसले जनाएको छ ।

स्टारलिंकले रुससँग युद्धग्रस्त युक्रेन र यसको सेनालाई महत्त्वपूर्ण इन्टरनेट कनेक्टिभिटी प्रदान गरेको छ । युक्रेनले नर्थ स्टार भनेको स्टारलिंकको इन्टरनेट गुमाउनु यसका लागि ठूलो समस्या हुनसक्ने आकलन गरिएको छ ।

यसबीच अमेरिकी पक्षले खनिजको सम्झौता नभएमा इन्टरनेट काट्नसक्ने कुरा छलफलमा निकालेका हुन् ।

अमेरिकाले चीनमाथिको निर्भरता हटाउने गरी अत्याधुनिक हतियार, विद्युतीय उपकरण एवं सेमिकन्डरक्टरलगायत बनाउन चाहिने युक्रेनी रेयर अर्थमेटलको खानीमा पहुँच प्राप्त गर्न चाहेको छ । त्यसपछि अमेरिकाले युक्रेनलाई थप आर्थिक सहायता दिने भनेको छ ।

युक्रेनले अमेरिकीतर्फबाट सम्झौतामा सुरक्षा ग्यारेन्टी नभएको र अहिलेकै अवस्थामा भने यो सम्झौता स्वीकार नगर्ने भनेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro