site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्तोषी र मिङमार शाइन रेसुंगा रनको च्याम्पियन

काठमाडौं । सन्तोषी श्रेष्ठ र मिङमारसिंह तामाङले शाइन रेसुंगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । आइतबार रुपन्देहीको बुटवलमा आयोजित प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले जनही एक लाख रुपैयाँ प्राप्त गरे ।

सन्तोषीले निर्धारित दूरी ३६.२१ सेकेन्डमा पूरा गरिन् । पूर्णराज्यलक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथो र नारायणी भण्डारी पाँचौँ भइन् ।

पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथो र अक्कल बडवाल पाँचौँ भए ।

दुवैतर्फ दोस्रो हुनेले ४० हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ पाए ।

यस्तै, स्थानीय पाँच किलोमिटर स्पर्धामा पूजा पछाईं र शिव रायमाझी विजेता बने ।

भेट्रान्स स्पर्धामा महिलातर्फ मनकुमारी रायमाझी र पुरुषतर्फ युवबहादुर राना पहिलो भए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro