site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टीभीएसले जनकपुरमा उद्घाटन गर्‍यो नयाँ सोरुम

काठमाडौं । टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरसिप सोरुम समुद्घाटन गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो सोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुनेछ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुख आतिथ्यमा सोरुमको उद्घाटन भएको थियो । उनले यस्तो व्यावसायिक विस्तारले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न निकै महत्त्वपूर्ण योगदान दिने बताए ।

कार्यक्रममा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता तथा आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतोको पनि उपस्थिति रहेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“टीभीएस, नेपाली उपभोक्ताका लागि लामो समयदेखि भरपर्दो र नवीनतम प्रविधि सुसज्जित उत्पादनहरू प्रस्तुत गर्दै आइरहेको ब्रान्ड हो, “उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले भने, “सञ्चालनमा आएको यो नयाँ शोरूमले ग्राहकलाई उच्च गुणस्तरका दुईपांग्रे सवारी साधन सहज रूपमा उपलब्ध गराउनेछ, जसले स्थानीय यातायातको सुविधा सुधार गर्नेछ भन्ने मेरो विश्वास छ ।“

ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको जनकपुरको नयाँ टीभीएस डिलरसिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ ।

यसले ग्राहकहरूलाई आफ्ना आवश्यकताअनुसार उत्तम सवारी छनोट गर्न सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

“टीभीएसले सधैँ उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरसिपले मधेस प्रदेशमा हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पुर्‍याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ“, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।

आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतोले भनेका छन्, “जनकपुरका ग्राहकहरूलाई टीभीएसका अत्याधुनिक उत्पादन र सेवाहरू उपलब्ध गराउन निकै उत्साहित छौँ । हाम्रो प्रमुख उद्देश्य ग्राहकवर्गमाझ सर्वोत्तम ग्राहक अनुभव प्रदान गर्नु हो । यसका लागि भरपर्दो सेवा र विश्वासनिय स्पेयर पाट्र्सको सुनिश्चितता प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।”

 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्